मन्त्री सिंहको शोकमा नेपाली काँग्रेसले ३ दिन पार्टीको झण्डा आधा झुकाउने
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा कांग्रेस सुदूरपश्चिमले ३ दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
नेपाली कांग्रेस सुदूरपश्चिम कार्यसमितिको कार्यालयले शोक वक्तव्य जारी गर्दै नेपाली कांग्रेस बझाङ जिल्लाका पूर्व पार्टी सभापति समेत रहेका सिंहको शोकमा प्रदेशमा ३ दिन पार्टीको झण्डा आधा झुकाउन निर्देशन दिइएको छ।
सुदूरपश्चिम प्रदेशका सभापति बीर बहादुर बलायरद्धारा जारी शोक बक्तव्यमा प्रदेशभर ३ दिन शोकको रुपमा पार्टीका कुनै पनि कार्यक्रम नगर्न समेत भनिएको छ। 