सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालबाट नवजात शिशु गायब

२०८० फाल्गुन ११, ०९:२९ खबर संवाददाता

काठमाडौँः काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखीक सूचना दिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

उनले भने, “सविना श्रेष्ठले आफ्नो बच्चा चोरी भएको भन्दै मौखिकरुपमा प्रहरीकहाँ खबर गरेकी छन्, यस विषयमा अनुसन्धान भइरहेको छ।” नवजात शिशु चोरी भएको भन्ने खबर आएपछि खोजीकार्यका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस