सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाँदबारीमा महिलाको शव फेला

२०८१ फाल्गुन १७, ०२:२८

काठमाडौँः संखुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ।

पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो। आज बिहान ५ बजे उनको शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन्। प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्।
 

कमेन्ट लोड गर्नुस