सुन प्रतितोलमा सात सय बढ्यो
काठमाडौँः सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन प्रतितोला दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार प्रतितोला दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज सात सय बढेको हो।
त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।