सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न कुकुरद्वारा नियमित चेकजाँच 

२०८२ पुष १३, ०४:०३ जयन्त सिंह भाट

कैलालीः कैलाली जिल्लाका भीडभाड हुने सार्वजनिक स्थलहरूमा सुरक्षा व्यवस्था अझ कडा पारिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले  बसपार्क, सीमा नाका लगायत बढी भिडभाड हुने क्षेत्रहरूमा कुकुरद्वारा चेकजाँच अभियान सञ्चालन गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले अनुसार, लागू पदार्थ, विस्फोटक पदार्थ र अन्य जोखिमजन्य वस्तुहरूको पहिचान र न्यूनीकरण गर्ने उद्देश्यले चेकजाँच कडा पारिएको जानकारी दिए। उनले भने, ‘करीब एक महिना यता यी सुरक्षा जाँचहरू नियमित रूपमा जारी छन् र यात्रु तथा सर्वसाधारणको सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ।’

प्रहरीका अनुसार, कुकुरद्वारा गरिएको जाँचले औसत यात्रुहरूको सुरक्षा बढाउने मात्र नभएर, सम्भावित जोखिमहरूलाई प्रारम्भिक चरणमै पहिचान गरेर दुर्घटना वा अप्रिय घटनाबाट बचाउने काम पनि गरिरहेको छ।

सार्वजनिक स्थलमा सुरक्षा कडा बनाउने यो पहल यात्रुहरूको जीवन र सार्वजनिक सुरक्षाका लागि महत्त्वपूर्ण कदम मानिएको छ।


 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस