सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन्जी सहिद रसिककी आमा रास्वपाको समानुपातिक उम्मेदवार

२०८२ पुष १५, ०४:१५ खबर संवाददाता

काठमाडौँ: गत भदौ २३ गतेको जेन–जी आन्दोलनमा सहिद भएका काभ्रेका २३ वर्षीय रसिक खतिवडाकी आमा रचना खतिवडालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारको सूचीमा समेटेको छ। उनी खस–आर्य महिला क्लस्टरबाट नवौं नम्बरमा सूचीबद्ध भएकी छन्।

सूचीमा नाम परेको खबर मंगलबार बिहान फोनमार्फत थाहा पाएपछि आफू अचम्मित र खुसी भएको रचनाले बताइन्। सहिद छोराको न्यायका लागि निरन्तर आवाज उठाउँदै आएकी रचना यस अवसरलाई सहिदको सपना पूरा गर्ने माध्यम बनाउने बताउँछिन्।

रास्वपा सभापति रवि लामिछानेले यसअघि जेन–जी आन्दोलनका सहिद परिवारसँग भेट गरेपछि रचनासँग पार्टीको निरन्तर सम्पर्क रहेको थियो।
 

कमेन्ट लोड गर्नुस