सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ 

२०८२ पुष २४, ०७:४९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ रतनपुरबाट सोही ठाउँ बस्ने २२ वर्षीय गोबिन्द जोशीलाई १ ग्राम ८९० मिलिग्राम लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो। जोशीलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिएको छ।

यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदा पोष्ट स्थित बेलौरीबाट धनगढी तर्फ आउदै गरेको म १ प २७५१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने २१ वर्षीय बिकाश नेपाली र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २० वर्षीय रबिन शर्मा पक्राउ परेका हुन्।

यी दुबै जनाको साथबाट ७ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित  दुवैलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। लागूऔषधसहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस