काँग्रेस विशेष महाधिवेशनमा २,६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी
काठमाडौंः नेपाली काँग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६सय ५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी गराइएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसका प्रवक्ता देवराज चालिसेले ४ हजार ६३५ मताधिकार भएका प्रतिनिधिमध्ये २ हजार ६५२ जना महाधिवेशन प्रतिनिधि उपस्थित भएर नेतृत्व चयन गरेको बताएका हुन्।
उनले विज्ञप्ति जारी गरी भनेका छन्, ‘विशेष महाअधिवेशन असोज २९ गते पार्टी कार्यालयमा दर्ता हुँदा कुल दुई हार ४८८ जना महाअधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि केवल २९ जना ले हस्ताक्षर फिर्ता लिएका थिए। अधिवेशनमा उपस्थिति र सक्रिय सहभागिता अधिवेशनमा कुल महाअधिवेशन प्रतिनिधि संख्या चार हजार ६३५ मध्ये दुई हजार ६५२ जना महाअधिवेशन प्रतिनिधि उपस्थिति रहेको थियो।’
विज्ञप्तिमा थप भनिएको छ, नेपाली काँग्रेसको दोस्रो विशेष महाअधिवेशन पौष ३० गते विधानसम्मत, बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्ण रूपमा वैधानिक तरिकाले सम्पन्न भएको विदितै छ।
यसले नेपाली काँग्रेसको १४ औ महाअधिवेशनवाट निर्वाचित केन्द्रीय समिति भंग गरि १५ औ महाअधिवेशन सम्पन्न नभएसम्मको लागि श्री गगन कुमार थापाको सभापतित्वमा नया केन्द्रीय समितिको निर्माण गरेको व्यहोरा समेत सार्वजानीक भैसकेको छ।