सुदूरपश्चिम विजयी, एनपीएलको तेस्रो संस्करणमा पहिलो जित
धनगढी: नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेञ्जेर्सलाई ६ विकेटले हराएको छ।
बुधबार भएको खेलमा पोखरालाई हराएसँगै सुदूरपश्चिमले तेस्रो संस्करणको एनपीएलमा पहिलो जित दर्ता गरेको छ। पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।