सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन लक्षित गर्दै कांग्रेसद्वारा संसदीय बोर्ड गठन

२०८२ माघ ३, ०२:५१ खबर संवाददाता

काठमाडौं:  नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि टिकट वितरण गर्ने उद्देश्यले १३ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सभापति गगनकुमार थापाको नेतृत्वमा गठित बोर्डमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदाधिकारी सदस्यका रूपमा रहनेछन्।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेसँगै कांग्रेस निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनेको छ। २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले आवश्यक छलफलका लागि बैठकसमेत बस्ने जनाएको छ।
 

कमेन्ट लोड गर्नुस