सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ६० प्रतिशत मत खस्याे : निर्वाचन आयाेग

२०८२ फाल्गुन २१, ०७:१० रासस

काठमाण्डाै: प्रतिनिधिसभा चुनावअन्तर्गत आज भएकाे मतदानमा देशभर ६० प्रतिशत मत खसेकाे निर्वाचन आयाेगले प्रारम्भिक अनुमान गरेकाे छ ।

केहीबेरअघि आयाेजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मत खसेकाे प्रारम्भिक अनुमान गरेकाे जानकारी दिए। आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएकाे थियाे ।

यो प्रतिशत यसअघि २०७९ सालकाे मङ्सिरमा भएको प्रतिनिधिसभा चुनावकाे भन्दा कम हो । त्याे वर्ष ६१ दशमलव ६३ प्रतिशत मतदान भएकाे थियाे ।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकाे र मतपेटिका सङ्कलन गर्ने काम शुरू भएकाे आयाेगले जनाएकाे छ । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए ।

आज सम्पन्न भएको चुनावबाट २ सय ७५ जना सांसद निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी २ सय ७५ जना सांसद निर्वाचित हुने व्यवस्था छ ।

कमेन्ट लोड गर्नुस