यी हुन् रास्वपाले अग्रता बनाएका क्षेत्रहरु (सूचीसहित)
काठमाडौंः बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अगाडि छिन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ र काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता बनाइरहेका छन्। यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अघि छन्।
मोरङ–४ मा सन्तोष राजवंशी ३ हजार ८८५, धनुषा–३ मा मनिष झा ३ हजार ९१४ र रुपन्देही–२ मा सुलभ खरेल ४ हजार ७२ मतसहित अग्रता बनाएका छन्। चितवन–२ मा रवि लामिछाने २ हजार २५, चितवन–३ मा सोविता गौतम ९२५, कास्की–१ मा खडक राज पौडेल १ हजार ९७८, कास्की–२ मा उत्तम प्रसाद पौडेल २ हजार ४१७ र कास्की–३ मा बिना गुरुङ २ हजार ७४ मतसहित अघि छन्।
यसैगरी तनहुँ–१ मा स्वर्णिम वाग्ले १ हजार ३५२, दाङ–१ मा देवराज पाठक १ हजार ५१६, बाँके–१ मा सुरेश कुमार चौधरी २ हजार ५७४ र बाँके–३ मा खगेन्द्र सुनार १ हजार ३६९ मतसहित अग्रता कायम गरेका छन्।
त्यस्तै झापा–५ मा बालेन्द्र शाह १ हजार ४७६, मोरङ–१ मा यज्ञमणि न्यौपाने २ हजार २६९, मोरङ–५ मा आशा झा १ हजार २२९, बारा–३ मा अरबिन्द साह २ हजार १६०, भक्तपुर–१ मा रुकेश रन्जित ८८८ र भक्तपुर–२ मा राजीव खत्री २ हजार मतसहित अगाडि छन्।
ललितपुर–३ मा तोसिमा कार्की ६४८, ललितपुर–२ मा जगदीश खरेल २२८, रौतहट–४ मा गणेश पौडेल ४४३, कञ्चनपुर–२ मा दीपक राज बोहरा १ हजार ३८० र कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह महता १२९ मतसहित अग्रता बनाइरहेका छन्। निर्वाचन आयोगका अनुसार देशभरका विभिन्न केन्द्रमा मतगणना जारी रहेको र परिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।