रमेश लेखक काठमाडौं जिल्ला अदालतमा उपस्थित, केपी ओली अस्पताल भर्ना
काठमाडौँः नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरिएको थियो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको घटनामा जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकलाई जिम्मेवार ठहर गर्दै ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
केपी शर्मा ओलीलाई पनि शनिबार बिहान पक्राउ गरी स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकको सल्लाहअनुसार उनलाई हाल सोही अस्पतालमा भर्ना गरिएको छ।
लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ। प्रहरीले दुवै जनालाई आज अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।