सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री दीपक खड्का पक्राउको कारण यस्तो

२०८२ चैत्र १५, १२:२८ खबर संवाददाता

काठमाडौँः गृहमन्त्री सुधन गुरुङले पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि पक्राउ गरिएको बताएका छन्। खड्कालाई आइतबार बिहान नियन्त्रणमा लिइएको हो।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले २४ भदौको आन्दोलनका क्रममा खड्काको घरबाट बरामद भएको रकमबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको स्पष्ट पारेका छन्।

जेन्जी आन्दोलनका क्रममा खड्काको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। उक्त घटनापछि घरभित्र नेपाली तथा विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। केही सग्ला नोट प्रदर्शनकारीले लगेको देखिने तस्बिर र भिडियो पनि बाहिरिएका थिए।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। विभागले यसअघि नै जलेका नोटका टुक्रा तथा वरपरको खरानी संकलन गरेर प्रमाण जुटाउने काम गरिसकेको छ।

कमेन्ट लोड गर्नुस