सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता

२०८२ चैत्र १५, ०१:२९ खबर संवाददाता

काठमाडौँः पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको छ।

ओलीकी श्रीमती राधिका शाक्यले उनलाई गैरकानुनी र अनाधिकृत रूपमा पक्राउ गरिएको दाबी गर्दै निवेदन दायर गरेकी हुन्।

ओलीलाई शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। उनलाई आज अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।

सोही दिन पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखक पनि पक्राउ परेका थिए।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यसक्रममा भएको दमनसम्बन्धी गौरिबहादुर कार्की आयोगको अनुसन्धानका आधारमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका थिए।

कमेन्ट लोड गर्नुस