सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा ६ समस्या देखिएको अस्पतालको जानकारी

२०८२ चैत्र १५, ०३:४७ खबर संवाददाता

काठमाडौँ: त्रिभुवन शिक्षण अस्पताल ले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थाबारे विज्ञप्ति जारी गरेको छ।

मुटुको धड्कन असामान्य रूपमा बढेपछि अस्पताल भर्ना भएका ओली हाल चिकित्सकहरूको निरन्तर निगरानीमा उपचाररत रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य परीक्षणका क्रममा ६ वटा समस्या देखिएको छ।

विज्ञप्तिअनुसार, मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीमा हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथाइराइडिज्म, एट्रियल फिब्रिलेसन तथा कोलेलिथियासिस जस्ता स्वास्थ्य समस्या पहिचान गरिएको छ।

शनिबार पक्राउ परेका ओलीलाई स्वास्थ्य अवस्था बिग्रिएपछि त्रिभुवन शिक्षण अस्पताल मा भर्ना गरिएको हो। हाल उनी अस्पतालको एनेक्स–१ भवनको बेड नम्बर ५०१ मा चिकित्सकहरूको निगरानीमा उपचाररत रहेका छन्।

कमेन्ट लोड गर्नुस