संविधान संशोधन बहसपत्रका लागि कार्यदल गठन गर्ने सरकारको निर्णय
काठमाडौँः सरकारले संविधान संशोधनका लागि बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागिता रहनेगरी उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा कार्यदल गठन गरिनेछ, जसमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका प्रतिनिधिहरू समावेश हुनेछन्। उनले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको बहसपत्र तयार गरिने जानकारी दिए।