न्युजिल्यान्ड पठाउने बहानामा १६ लाख ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ: आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ निवासी ३८ वर्षीय रिजेन नगरकोटीलाई न्युजिल्यान्ड पठाइदिने बहानामा १६ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा आज नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका नगरकोटीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।