सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेन्जी आन्दोलन दमन प्रकरण: पूर्व सिडिओ छवि रिजाल हाजिरी जमानीमा रिहा

२०८२ चैत्र १७, ०८:५६ खबर संवाददाता

काठमाडौँः काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई हाजिरी जमानीमा रिहा गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई मंगलबार बिहान पक्राउ गरिएको थियो।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा पक्राउ परेका रिजाललाई सोही दिन बेलुका जिल्ला सरकारी वकिलको परामर्शमा हाजिरी जमानीमा छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।

यसअघि, सोही प्रकरणमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि शनिबार पक्राउ गरेको थियो। उनीहरूलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

कमेन्ट लोड गर्नुस