सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुर्जुधारास्थित यातायात कार्यालयमा ८ बिचौलिया पक्राउ

२०८२ चैत्र १७, ०९:३९ खबर संवाददाता

काठमाडौँः गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सेवाग्राहीलाई दुःख र हैरानी दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेको तेमाल गाउँपालिका–८ का ३० वर्षीय सुनिल लामा, काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीय सुदीप मगर र धादिङको थाक्रे गाउँपालिका–४ का २० वर्षीय बुद्ध तामाङ रहेका छन्।

त्यसैगरी, मकवानपुरको थाहा नगरपालिका–९ का २६ वर्षीय सुमेश नेपाली, धादिङकै थाक्रे गाउँपालिका–४ का २४ वर्षीय अमन तामाङ, बझाङको तेलकोट गाउँपालिका–४ का १८ वर्षीय उज्जवल सिंह र मोरङको केराबारी गाउँपालिका–५ का २६ वर्षीय दिलिप राई पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस