सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर

२०८२ चैत्र २२, ०४:२४ रासस

काठमाडौँः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गरेका छन्। 

अध्यक्ष दाहालले रेखाकुमारी झा, सम्झाना देवकोटा, जगत् तिमल्सेना, वासुदेव घिमिरे र महन्थ ठाकुरलाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा मनोनयन गरेका छन्।

यसैगरी, सांसद रामकुमारी झाँक्री, प्रेमप्रसाद दङ्गाल, खम्मबहादुर खाती र गीता देवकोटालाई विधायन व्यवस्थापन समितिमा मनोनयन गरिएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सोमनाथ बोर्तेल, मीना सिंह, सुनिलबहादुर थापा, चन्द्र केसी र रञ्जित कर्णलाई मनोनयन गरिएको छ।

सङ्घीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा लीलाकुमारी भण्डारी, रोशनी मेचे, ललितजङ्ग शाही र धर्मेन्द्र पासवानलाई मनोनयन गरिएको छ। 

सभामा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए।

राष्ट्रियसभाको अर्को बैठक भोलि १२ः१५ बजे हुनेछ।

कमेन्ट लोड गर्नुस