सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू

२०८३ वैशाख १, ०४:४७ खबर संवाददाता

काठमाण्डाै: नेपाली कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू भएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सभापति गगनकुमार थापाले आज अभियान शुरुआत गरेका हुन्।

सभापति थापाले काठमाण्डौ महानगरपालिका वडा–३० मा आज क्रियाशील सदस्यता अद्यावधिक गरी अभियानको शुभारम्भ गरे। पार्टीको एक महिने ‘जरा अभियान’ शुरुआत गर्दै उनले आफू पार्टी जिम्मेवारीमा भएकाले लचिलो रूपमा प्रस्तुत भइरहेको बताए। 

यो अभियान वैशाख महिनाभर चल्ने र अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ ।

कमेन्ट लोड गर्नुस