सुनचाँदीको मूल्य घट्यो
काठमाडौं: मंगलबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो भने गत मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदी ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार यसको मूल्य ४ हजार ९४५ रुपैयाँ थियो।