सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागूऔषधसहित बर्दियाका युवक कैलालीमा पक्राउ

२०८३ वैशाख ३१, ११:०४ खबर संवाददाता

कैलाली: कैलालीको टिकापुर नगरपालिका–९ खक्रौला बाट अवैध लागूऔषधसहित बर्दियाका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–१ निवासी २३ वर्षीय प्रमोद थारु रहेका छन्।

बुधबार साँझ प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्ने क्रममा थारुको साथबाट खैरो हिरोइनजस्तो देखिने ७१० मिलिग्राम धुलो पदार्थ तथा ७ पिस नाइट्रोभेट ट्याबलेट बरामद गरेको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

कमेन्ट लोड गर्नुस