सङ्गीत यात्रामा जम्दै उदयपुरका सुशील रुचाल, नयाँ गीत ‘कस्की हौ छोरी’ शुक्रबार सार्वजनिक हुँदै
धनगढी:बाल्यकालदेखिको सङ्गीतको तीव्र चाहना र विभिन्न बाध्यताका बीच सङ्घर्ष गर्दै अघि बढेका उदीयमान गायक तथा सङ्गीतकार सुशील रुचालको नयाँ म्युजिक भिडियो ‘कस्की हौ छोरी’ सार्वजनिक हुने भएको छ। 'सारै दामी देखिने कस्को हौ छोरी' बोलको उक्त नयाँ गीत यही आउने शुक्रबार (जेठ १५ गते) सुशील रौचालकै आधिकारीक युट्युब च्यानल (Sushil Rouchal Official) बाट रिलिज हुन लागेको हो।
मूल घर उदयपुरको कटारी बजार भई विगत १२ वर्षदेखि कैलालीको धनगढी चौराहामा बसोबास गर्दै आएका सुशील हाल धनगढीस्थित 'काल भैरव ज्वेलर्स'मा कार्यरत छन्। बाल्यकालदेखि नै सङ्गीतमा निकै रुचि भए तापनि पारिवारिक र व्यावहारिक समस्याका कारण उनले लामो समयसम्म आफ्नो सपनालाई मूर्त रूप दिन पाएका थिएनन्। तर, सङ्गीतप्रतिको उनको लगाव कहिल्यै मरेन।
विगत १ वर्षदेखि व्यावसायिक रूपमा सङ्गीत क्षेत्रमा होमिएका सुशीलले यस छोटो अवधिमै एक दर्जनभन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन्। आफ्नो यो सङ्गीतिक यात्रालाई यहाँसम्म पुर्याउन र निरन्तरता दिन सञ्चारकर्मी तथा सङ्गीत अनुरागी सुदिप जोशीले आफूलाई धेरै ठूलो साथ र सपोर्ट गरेको गायक सुशील रौचालले बताए।
नयाँ भिडियोमा के छ?
चाँडै सार्वजनिक हुन लागेको ‘कस्की हौ छोरी’ गीतमा शब्द, सङ्गीत र स्वर स्वयम् सुशील रौचालकै रहेको छ। यस रोमान्टिक र डान्सिङ शैलीको भिडियोमा सुशील रुचाल र मोडल अनु मगर को मुख्य अभिनय देख्न पाइनेछ।
गीतको सङ्गीत संयोजन सबिर कार्कीले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले कुपण्डोलस्थित हुरी स्टुडियोमा गरेका हुन्। भिडियोको निर्देशन र निर्माण पनि सुशील आफैँले गरेका हुन्। गणेश साउदको छायाङ्कन, लोकेश बोहराको सहायक छायाङ्कन, खगेन्द्र बी.सी.को नृत्य निर्देशन र बिनोद बमको सम्पादन/रङ संयोजन रहेको यो भिडियोको पोष्ट प्रोडक्सन साङ्ग्रिला क्रिएशन काठमाडौंले गरेको हो।
यो गीत युट्युबका साथै टिकटक, स्पोटिफाइ, एप्पल म्युजिक जस्ता विश्वभरका थुप्रै डिजिटल प्लेटफर्महरूमा एकैसाथ उपलब्ध हुने निर्माण टिमले जनाएको छ। ओझेलमा परेको बाल्यकालको सपनालाई पछ्याउँदै सुदूरपश्चिमको केन्द्र धनगढीलाई कर्मथलो बनाएर नेपाली सङ्गीत आकाशमा आफ्नो बलियो पहिचान बनाउँदै गरेका सुशीलले यस नयाँ गीतलाई पनि दर्शक र स्रोताले भरपूर माया दिने विश्वास व्यक्त गरेका छन्।
(विज्ञापन सामग्री)