सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १७ लाख मुल्य बराबरका १५ वटा चोरीका मोटरसाइकल बरामद

२०८३ जेठ २१, ०४:३२ खबर संवाददाता

धनगढी: जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न स्थानबाट चोरी भएका १५ वटा मोटरसाइकल बरामद गरेको छ।

बरामद मोटरसाइकलको अनुमानित मूल्य करिब १७ लाख ३० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत इलाका प्रहरी कार्यालय भजनी र लम्कीबाट खटिएको प्रहरी टोलीले जेठ २१ गते भजनी र लम्की क्षेत्रका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरेको हो।

बरामद गरिएका मोटरसाइकलहरू आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको सूचना अधिकारी  प्रहरी नायव उपरिक्षक योनेन्द्र तिमिल्सिनाले बताए। चोरी नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालन भइरहेको उनले जानकारी दिएका छन्।


 

कमेन्ट लोड गर्नुस