सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्यचौकीका प्रमुख लुहारको निधन, पुर्चौडी नगरपालिकामा शोक बिदा

२०८३ असार ५, ०९:३५ खबर संवाददाता

बैतडीः बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारको निधन भएको छ।

फेसबुकमा लामो स्टाटस लेख्दै लुहारले आत्महत्या गरेको बताइएको छ। फेसबुक स्टाटसमा उनले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन्। कोटिला स्वास्थ्यचौकीमै कार्यरत एकजना अनमीमाथि लुहारले गएको महिना इट्टा प्रहार गरेर घाइते बनाएका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

उनी अदालतबाट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। उक्त मुद्दाको टुंगो नलाग्दै लुहारले काठमाण्डौंमा आत्महत्या गरेको आफन्तले बताएका छन्। यसैबीच पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ। कोटिला स्वास्थ्यचौकीमा कार्यरत लुहारको निधन भएको शोकमा नगरपालिकाले शोक बिदा दिएको हो। शुक्रबार नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालय, वडा कार्यालय,विद्यालय, स्वास्थ्य संस्था लगायतमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द रहेका नगरपालिकाले जनाएको छ।

कमेन्ट लोड गर्नुस