धनगढीको गार्डनर स्कुलका होटेल व्यवस्थापनका विद्यार्थीको प्रदेशमै उच्च जिपिए
धनगढी: धनगढीको दि गार्डनर स्कुलको होटेल व्यवस्थापनतर्फका विद्यार्थीको प्रदेशमै उच्च जिपिए ल्याएर कक्षा १२ उत्तीर्ण गरेका छन्।
धनगढी-४ मा रहेको विद्यालयका आर्या महरा र अपेक्षा अधिकारीले प्रदेशभर उच्च जिपिए ल्याएको विद्यालयले दाबी गरेको छ।
विद्यालयका अनुसार सर्वाधिक जिपिए ल्याउने आर्या महराले ३.७८ जिपिए हासिल गरेकी छन् भने अपेक्षा अधिकारीले ३.६७ जिपिए ल्याएकी छन्।
विद्यालयले सर्वाधिक जिपिए ल्याउने दुबै छात्राका कारण विद्यालयले गौरव अनुभूति गरेको जनाएको छ।