दार्चुलामा पोखरीमा डुवेर ४ वर्षीय बालकको मृत्यु
दार्चुलाः दार्चुलामा पोखरीमा डुवेर ४ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिका–२ दल्लेख बस्ने भरत सिह मन्यालको छोरा ४ वर्षीय ओलिसन मन्यालको मृत्यु भएको हो। बालकको आफ्नो घरदेखि अन्दाजी ६०० मिटर टाढा रहेको तरकारी बारीमा सिचाई गर्न बनाएको पानी पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
पानीमा डुबेर गम्भिर घाइते भएका बालकलाई उपचारको लागि गोकुलेश्वर अस्पताल गोकुलेश्वर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा वुधबार वेलुकी मृत घोषणा गरेको प्रहरीले जनाएको छ।