सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

२०८३ असार १८, १०:११ खबर संवाददाता

धनगढीः कञ्चनपुरका पत्रकार खेम भण्डारी लाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावल का अनुसार भण्डारीलाई बिहीबार बिहान करिब ७ बजेतिर भीमदत्त नगरपालिका–१८ बाट पक्राउ गरिएको हो।

उनका अनुसार गाली बेइज्जती मुद्दामा अदालतले भण्डारीलाई एक महिना सात दिन कैद र १२ हजार १०० रुपैयाँ जरिवाना तोकेको फैसलाको कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो।

भण्डारीलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस