सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र टीकापुरबाट लागूऔषधसहित ४ जना पक्राउ

एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
एआई प्रविधि प्रयोग गरी निर्मित तस्विर
२०८३ असार २७, ०८:०४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ बाट अवैध लागूऔषध खैरो हेरोइन ७० मिलिग्रामसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हरिलाल राना, २२ वर्षीय उमेश राना र २० वर्षीय हेमराज राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ। 

यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन ४१० मिलिग्राम सहित सोही नगरपालिका–६ बस्ने २० वर्षीय अमित परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले परियारलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस