सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने भनिएको ‘कोरा २६’ स्थगित

२०८३ साउन २, ०१:१९ खबर संवाददाता

धनगढी: ओम श्रीनगर स्पोर्ट्स क्लबको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को समन्वयमा आज हुने भनिएको 'कोरा २६' स्थगित भएको छ।  प्रतिकूल वर्षाका कारण कोरा २६ स्थगित भएको हो।

शनिवार बिहानैदेखि वर्षा भएका कारणले कोरा २६ स्थगित गर्नुपरेको र अर्को सूचना जारी गर्दै कोरा २६ आयोजना गरिने आयोजकले जनाएको छ।

स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा साइकललाई दिगो र वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिवार करिब ६० किलोमिटर दूरीको कोरा २६ आयोजना गर्ने तय भएको थियो।

राइड धनगढीबाट सुरु भई शहीदगेट, राजघाट, गेटा र भल्का हुँदै पुनः धनगढीमै पुगेर सम्पन्न गर्ने तालिका थियो।  प्राकृतिक सौन्दर्यबीच हुने भनिएको सामूहिक साइक्लिङ वर्षाका कारण स्थगित गर्नुपरेको हो। यसअघि समाचारमा फरक तथ्य प्रकाशन भएकाले समाचार सच्याइएको छः-सम्पादक

 

कमेन्ट लोड गर्नुस