कैलाली घर भएका सशस्त्र प्रहरीका हवल्दार ब्यारेकमै मृत भेटिए
२०८३ साउन १३, ०५:१६
धनगढी: बाँकेको नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकमा एक हवल्दार मृत भेटिएका छन् ।
कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् । उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
कमेन्ट लोड गर्नुस