डोटीमा तीन जना श्रष्टा सम्मानित
डोटीमा तीन जना सस्कृतीकर्मीलाई सम्मान गरिएको छ । खप्तड यात्रामा रहेको कन्सेप्ट नेपाल खप्तड काव्य यात्राको टिमले शैलेश्वरी मन्दिर परिषरमा कार्यक्रम गर्दै तीन जा श्रष्टालाई सम्मान गरेको हो । राजधानी वाहिर राससका पहिला पत्रकार, मुर्तीकार तथा देउडा गायक धन वहादुर मल्ल, ८१ बर्षिया देउडीया गोपाल पार्की र हुड्के पदमसिह नेपालीलाई सम्मान गरिएको हो । मल्लले २०१६ सालमा रेडियो नेपालमा देउडा गित रेकर्ड गरेका थिए भने डोटीको शैलेश्वरी मन्दीर परिषरमा रहेको मुर्ती र चित्र पनि बनाएका थिए ।
यस्तै देउडामा कहिल्यै पराजीत नभएका देउडीया पार्कीले ५२ वटा बोका स्यावासीबाटै पाएका थिए । हुड्के नेपाली भने अहिले सम्म पनि हुड्के नृत्यको संरक्षणमा सक्रिय छन् । तीनै जनालाई १०÷१० हजार नगद सहित सम्मान गरिएको हो । राष्ट्र गानका लेखक व्याकुल माईलाको प्रमुख आतिथ्यामा भएको कार्यक्रम कन्सेप्ट नेपाल खप्तड काव्य यात्राका संयोजक अमृत भागाउलेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम साहित्यकार टोपेन्द्र शाहले सञ्चालन गरेका थिए भने साहित्यकार तथा गायक हेमन्त विवशले श्रष्टाको परिचय प्रकाश पारेका थिए ।