धनगढीमा सर्पले टोकेर एक युुवक घाइते
२०८३ साउन २८, ०८:४१
धनगढीः धनगढीमा सर्पले टोकेर एक युुवक घाइते भएका छन्।
बाजुराको खप्तड छेडेदह गाउँपालिका—३ घर भइ धनगढी—२ सन्तोशी टोलमा डेरा गरि बस्ने १८ वर्षीय रमेश रावतलाई सर्पले टोकेको प्रहरीले जनाएको हो। सर्पको टोकाईबाट घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। कोठामा फर्किने क्रममा रावतको दाहिने खुुट्टामा सर्पले टोकेको जनाइएको छ।
कमेन्ट लोड गर्नुस