कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा
२०८३ भदौ १, ०७:०५
धनगढीः कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।
जिल्लाको कैलारी गाउँपालिका–४ हनुमान मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ६० हजार बराबरको सामान नियन्त्रणमा लिएको हो।
भन्सार छलीको विभिन्न किसिमका भाँडा वर्तन लगायतका सामान आइतवार दिउँसो इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको
छ।
कमेन्ट लोड गर्नुस