सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वी बहादुर सिंहको प्रतिमा तोडफोड

२०८३ भदौ ७, ०७:३७ खबर संवाददाता

धनगढीः राष्ट्रिय विभूति एवं विश्व मानवतावादका अध्यक्ष तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा धनगढीस्थित जेपी चोकमा रहेको उनको शालिकमा तोडफोड गरिएको छ।

शनिबार अज्ञात व्यक्तिले तोडफोड गरेका हुन्। जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा भदौ ६ गते राति केही उच्छृङ्खल व्यक्तिहरूले शालिकमा तोडफोड गरेको भन्दै घटनाको घोर भत्र्सना गरिएको हो। विश्वभरिका मानवलाई एउटै साङ्लोमा उन्ने मानवतावादी विचारका पथप्रदर्शकका रूपमा जयपृथ्वीबहादुर सिंहलाई स्मरण गर्दै उनको धनगढी–७ हुलाकी सडकमा पर्ने जेपी चोकमा प्रतिमा राखिएको थियो।

प्रतिमाको अनावरण गर्न नपाउँदै तोडफोड गरिएको भन्दै घटनाको भत्र्सना गरिएको छ। प्रतिमाको आज अनावरण गर्ने कार्यक्रम थियो। मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीको अवसरमा उनले मानवता, समानता र विश्वबन्धुत्वका क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै धनगढी–७ जेपी चोकमा प्रतिमा राख्ने काम भएको थियो।

बझाङी समाज धनगढीको अगुवाइमा प्रतिमा राखिएको हो। बझाङी समाज धनगढीले प्रतिमामा भएको तोडफोडले ऐतिहासिक व्यक्तित्वको सम्मानमा आघात पुगेको भन्दै दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेको छ।

कमेन्ट लोड गर्नुस