अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
अछामः अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको मेल्लेख गाउँपालिका–६ सिमसेली बस्ने ३३ वर्षीय भिमबहादुर खत्री पक्राउ परेका हुन्। खत्रीले आफ्नै गाई गोठमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले उनको घरगोठमा खानतलासी गर्दा उक्त बन्दुक फेला पारी बन्दुकसहित खत्रीलाई पक्राउ गरेको जाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।