सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी प्रभावितलाई चिनियाँ सहयोग

२०८३ असोज ४, ०२:२९ रासस

काठमाडौँ : भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम जारी छ ।

ग्रामीण विकासम्बन्धी चिनियाँ संस्था ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायलाई आवश्यक राहत सामग्री वितरण थालेको छ ।
फाउन्डेसनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम र बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिए ।

बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य अवस्थामा फर्किने प्रक्रिया लामो हुने भएकाले तत्काल स्वास्थ्य र पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको फाउन्डेसनले जनाए ।

फाउन्डेसनका अनुसार प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण कार्य जारी रहेको छ । विशेषगरी बाढीबाट बढी प्रभावित र पहुँच कठिन भएका बस्तीमा सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको छ । 

फाउन्डेसनले खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती प्रदान गरेको छ ।  
यसैबीच, चीनको मौसम विज्ञान प्रशासनले जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध गराउँदै आएको जनाए  ।
 

कमेन्ट लोड गर्नुस