सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा वैदेशिक रोजगार कसुरका फरार प्रतिवादी पक्राउ

२०८३ असोज ७, ०९:०० खबर संवाददाता

डोटी: वैदेशिक रोजगार कसुर मुद्दामा अदालतबाट कैद, जरिवाना र क्षतिपूर्ति तोकिएका एक व्यक्ति डोटीबाट पक्राउ परेका छन्।

बडिकेदार गाउँपालिका–२, गाँडेसालका २८ वर्षीय प्रकाशबहादुर रोक्का मगरलाई प्रहरीले मंगलबार दिउँसो उनकै घरबाट पक्राउ गरेको हो।

वैदेशिक रोजगार न्यायाधिकरण, बबरमहल, काठमाडौंको २०८२ जेठ १३ गतेको फैसलाले रोक्का मगरलाई वैदेशिक रोजगार कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद, ५० हजार रुपैयाँ जरिवाना र ६ हजार रुपैयाँ क्षतिपूर्ति तोकेको थियो।

फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी चौकी खड्यौली, डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस