सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

AI image
AI image
२०८३ असोज १८, ०७:३९ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–१ थपालीपुरबाट अवैध लागूऔषध खैरो हिरोइन १८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय ललित राना क्षेत्री पक्राउ परेका हुन्। क्षेत्रीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस