कञ्चनपुरमा जुवाखालमा प्रहरीको छापा, पाँच जना पक्राउ
धनगढीः कञ्चनपुर प्रहरीले जुवाखालमा छापा हानेर पाँच जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका जगतबहादुर धामी, धनगढी उपमहानगरपालिका–४ का विक्रम विष्ट, धनगढी–१२ जुगेडाका प्रेमबहादुर सिंह, बझाङको बुंगल नगरपालिका–११ का कृष्ण बाहेरा र पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीका सुरेश तामाङ रहेका छन्।
उनीहरूको साथबाट २० हजार ९१० रुपैयाँ नगद बरामद गरिएको छ। पुनर्वास नगरपालिका–१ पुरैनानजिक जुवा भइरहेको सूचनाका आधारमा मध्यराति प्रहरीलेको टोली त्यहाँ पुगेको थियो । तर, ठूलो संख्यामा रहेका जुवाडे कार, स्कुटर र मोटरसाइकल छोडेर भागेका थिए।