सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालयौन दुरुपयोग र कुटपिट मुद्दामा फरार कैलालीका २ जना पक्राउ

२०८३ असोज २३, १०:०० खबर संवाददाता

धनगढीः बालयौन दुरुपयोग र कुटपिट मुद्दामा फरार कैलालीका २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बालयौन दुरुपयोग मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–३ बस्ने ४० वर्षीय मनोज प्रसाद उपाध्याय र कुटपिट मुद्दामा १ महिना कैद सजाय र ५ पाँच हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–३ बस्ने ३५ वर्षीय बालक डगौरा रहेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस