सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षा नियमावलीः शिक्षकलाई गाडी किन्न सहुलियत

२०८३ असोज २३, ०९:४७ रासस

काठमाडौँः शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्। यसैगरी, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाखसम्मको दुईपाङ्गे्र सवारीसाधन खरिद गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सवारीसाधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्ताको ब्याजसरकारले सहुलियतस्वरूप व्यहोर्ने  व्यवस्था नियमावलीमा गरिएको छ।     

कमेन्ट लोड गर्नुस