कञ्चनपुरबाट भन्सार छलीको तोरीसहित १ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट अवैध सामानसहित १ जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी मूल्य १ लाख ४८ हजार ६३२ बराबरको ११ क्विन्टल २६ किलो तोरीसहित सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज चौधरी पक्राउ परेका हुन्।
चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो फेला पारी आवश्यक प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको छ।
यसैगरी, कञ्चनपुर भीमदत्त नगरपालिका–१७ वाँसखेडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २० हजार २०० बराबरको पेय पदार्थ, चिनी, सुर्ति, बिडी लगायतका सामान बिहिबार साँझ अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।