सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट

२०८३ असोज २६, ०७:०४ खबर संवाददाता

कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश खेलको उर्वर भूमि रहेको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज तेस्रो वासुदेव स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सदूरपश्चिम खेलका लागि उर्वर भूमि रहेको बताएका हुन्। “सुदूरपश्चिममा हरेक खेलमा कुशल प्रतिभा छन्”, उनले भने, “यो प्रदेश खेलको उर्वर भूमि हो”, उनले प्रदेशले आइतवार सार्वजनिक गरेको बजेटले सुदूरपश्चिमको सर्वाङ्गीण विकासमा टेवा पुर्याउने बताए। दुई महिना लामो मिहिनेत गरेर बजेट ल्याएको उनले बताए।

उहाँले प्रतियोगितामा विजेता उपविजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको फाइनल खेलमा सरस्वती मावि झरना सागरले १–० ले ओम पुष्पाञ्जलीलाई पराजित गरेको छ।  विजेता टोलीले रु ५५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

उपविजेता ओम पुष्पाञ्जली स्कुलले ३३ हजार ३३३ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा कञ्चनपुर जिल्लाका ३२ विद्यालयका टोली सहभागी भएका थिए। सहभागीमध्ये नौवटा सामुदायिक र २३ वटा संस्थागत विद्यालयले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस