सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

२०८३ कार्तिक ७, ०८:४६ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा लागूऔषध कोरेक्स र प्रेगाबा ट्याब्लेटसहित एक जना पक्राउ परेका छन्।

जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–११, भुजेलास्थित क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेदकोट नगरपालिका–९ निवासी ३२ वर्षीय हर्केश पाललाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ UK 03 C 8936 नम्बरको मोटरसाइकलमा सवार पाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषधजस्तो देखिने कोरेक्स १०० एमएलका पाँच सिसी र प्रेगाबा (Pregalab 300) का ६ ट्याब्लेट फेला पारेको जनाएको छ।

उक्त पदार्थसहित पक्राउ परेका पालमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस