सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट सवारी ज्यान र बैङ्किङ कसुर मुद्दामा फरार २ जना पक्राउ

२०८३ कार्तिक १३, ०७:४५ खबर संवाददाता

धनगढीः कैलालीबाट सवारी ज्यान र बैङ्किङ कसुर मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र  दुई हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–३ बस्ने ३४ वर्षीय बुधराम थारु र  बैङ्किङ कसुर मुद्दामा ५ दिन कैद सजाय र ४ लाख जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–५ बस्ने ३० वर्षीय प्रदिप कुमार चौधरी रहेका छन्।

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार उनीहरुकै घर ठेगानाबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस