कञ्चनपुरमा ३ युवक लागूऔषधसहित पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ३ युवक लागूऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको लालझाडी गाउँपालिका–१ नौरङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय मनिष राना, २२ वर्षकै श्रवण राना र २४ वर्षका रोहित राना रहेका छन्। लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार बेलुका चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।