सुदूर नेपाललाई विश्वसँग जोड्दै

बहुविवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ

२०८३ कार्तिक १७, ०७:२० खबर संवाददाता

बझाङः बहुविवाह मुद्दामा फरार बझाङका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङको फैसलाले बहुविवाह सम्बन्ध कसुर मुद्दामा १ वर्ष ५ महिना ६ दिन कैद सजाय र १५ हजार ६ सय क्षतिपुर्ति तोकिएको बझाङको तलकोट गाउँपालिका–१ बस्ने  २९ वर्षीय बिजय धमेना पक्राउ परेका हुन्। धमेनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस